कविता– ‘दोषी म नै हुँ’

कसैलाई केहि भन्नु छैन्
किनकि दोषी म नै हुँ ।
सपना हजारौं राम्रा देखेकै हुँ
हरेक सपनामा हार खाएकै हुँ ।
हरेक हारले मैले आफैलाई चिन्दै छु
आफै भित्र हरेक सपनाका यात्राहरुलाई समिक्षा गर्दैछु।
म दोषी हुँ कि मेरो मन र मेरो सोच्ने तरिकानै दोषी हो खै,
हरेक पलमा सारथिका संगतमा दोषी म नै बन्छु खै ।
नसोंचु भने सपना यो मनले मान्दैन्
नदेखु भने सपना यो तनले मान्दैन्
हरेक सपना सफल हुदैनन् यहाँ
तर पनि हरेक पल हार्ने देख्छु सपना म यहाँ ।
दोष मैले कसैलाई लाउँदिन्
किनकि म आफै कमजोर थिए
आफै कमजोर हुँदा पनि मैले
हरेकलाई आफ्नै सम्झिएको थिए मैले ।
सबै आफ्नै हुन् भन्थे मैले
सबै आफु जस्तै देख्थे मैले
म त केवल आफु मात्र पो आफु रहेछु
यो धोकाको संसारमा सबैलाई आफ्नै पो ठानेछु ।।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार