अब बृद्धभत्ता मासिक ३ हजार पाइने

काठमाडौं । सरकारले अब मासिक बृद्धभत्ता तीन हजार दिने भएको छ । आर्थिक वर्ष ०७६र०७७ को बजेट भाषणका क्रममा अर्थमन्त्री डा। युवराज खतिवडाले सरकारले दिदै आएको बृद्धभत्तामा एक हजार बढाएर तीन हजार पुर्याएको जानकारी दिएका हुन ।
बुधबार संयुक्त संसदमा प्रस्तुत भइरहेको बजेटमा सरकारले दिदै आएको बृद्धभत्तामा एक हजार बढाएको छ ।

सामाजिक सुरक्षा भत्ता कार्यक्रमअनुसार हाल जेष्ठ नागरिक तथा पूर्ण अपांगता भएकालाई मासिक २ हजार रुपैयाँ, आंशिक अपांग भएकालाई ६ सय रुपैयाँ, एकल महिलालाई १ हजार, लोपोन्मुख आदिवासी जनजातीलाई २ हजार र बालबालिकालाई मासिक ४ सय रुपैयाँ दिंदै आईएको थियो ।

सामाजिक सुरक्षा कार्यक्रममा ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिक, ६० वर्ष उमेर पुगेका दलित र कर्णालीका जेष्ठ नागरिक, पूर्ण तथा आंशिक अपांगता, एकल महिला र लोपोन्मुख आदिवासी र जनजाती र बालबालिका समेटिन्छन् ।

सामाजिक सुरक्षा शीर्षकमा भत्ता लिने नागरिकको संख्या चालू आर्थिक वर्षको फागुनसम्म २८ लाख १४ हजार ८४ पुगेको छ । जसमा जेष्ठ नागरिकको संख्या १२ लाख ७६ हजार १३७, एकल महिलाको संख्या ७ लाख १६ हजार ९३३, पूर्ण र आशिंक अशक्त एक लाख १७ हजार ९५, लोपुन्मुख आदिवासीरजनजाती संख्या २४ हजार २०४ तथा बालबालिका ६ लाख ७९ हजार ७१५ जना छन् ।

नेपालमा पहिलो पटक सामाजिक सुरक्षा कार्यक्रम २०५१ सालमा तत्कालिन नेकपा एमाले नेतृत्वको कम्युनिष्ट सरकारले सुरुवात गरेको थियो । तत्कालिन अर्थमन्त्री स्व।भरतमोहन अधिकारीले प्रारम्भमा सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगत ७५ वर्ष उमेर नाघेका बृद्धका लागि मासिक एक सय रुपैयाँ दिने घोषणा गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार