विवादपछि रास्वपाले फिर्ता गर्‍यो ‘मोबाइल क्लिनिक’ भनेर चलाएको एम्बुलेन्स

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनमा  ‘मोबाइल क्लिनिक’ भनेर संचालन गरेको एम्बुलेन्स फिर्ता गरेको छ ।
रास्वपाले पुरानो मेडिकल कलेज भरतपुरलाई नै एम्बुलेन्स फिर्ता गरेको हो । रास्वपाले गैरकानूनी रुपमा ना २ ख ५६१९ नम्बरको एम्बुलेन्सलाई रंग परिवर्तन गरी गरी नीलो बनाउनुका साथै विशेष सूचना दिने सङ्केत पनि हटाएर एम्बुलेन्सको प्रचलित मापदण्ड र ऐनका प्रावधान मिचेर ‘मोबाइल क्लिनिक’ भन्दै संचालनमा ल्याएपछि विवादित बनेको थियो ।

विवाद उत्पन्न भएपछि मेडिकल कलेज भरतपुरले आफ्नो एम्बुलेन्स फिर्ता पठाइदिन पत्र लेखेपछि रास्वपाले फिर्ता गरेको हो ।
रास्वपाका सभापति रवि लामिछाने चितवन– २ बाट दोस्रो पटक विजयी भएको एकसय पुगेको अवसरमा साउन १७ गतेदेखि मोबाइल क्लिनिक सञ्चालनमा ल्याइएको थियो । रास्वपाले सो चुनाव क्षेत्रमा ६५ वर्षभन्दा माथिको उमेरका बिरामीका लागि भनेर मोबाइल क्लिनिक सञ्चालनमा ल्याएको थियो ।

२०६९ मा भारत सरकारले पुरानो मेडिकल कलेजलाई सहयोगस्वरूप सो एम्बुलेन्स दिएको थियो । २०६९ असार २६ गते नारायणी यातायात कार्यालयमा ना २ च ५६१६ नम्बरमा दर्ता भएको थियो । १० वर्ष पुरानो एम्बुलेन्स नवीकरण नगर्ने व्यवस्था पनि छ। तर, लामिछानेको सचिवालयले पाँच वर्षदेखि नवीकरणसमेत नभएको एम्बुलेन्स राष्ट्रिय एम्बुलेन्स निर्देशिकाविपरीत २०८० साउन १४ गते नवीकरण गरेर गैरकानुनी रूपमा प्रयोगमा ल्याइएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार