बुटवल । रुपन्देहीको मंगलपुरका प्रहरी नायव निरीक्षक खिमबहादुर जिसी घुस लिएको रकम सहित पक्राउ परेका छन्।
सेवाग्राहीसँग बीमाको सिफारिस गरिदिने भन्दै घुस माग गरेको सूचनाका आधारमा बुटवल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्रेको हो।
अख्तियारले उनलाई सेवाग्राहीसँग १५ हजार घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका जिसीको थप अनुसन्धान भइरहेको बताइएको छ ।








