रंगशालाको बारमा डोजर लगाउने मुख्य नाइके कँडेललाई नेकपाद्धारा कारवाही, प्रहरीले पनि मुद्दा चलाउदै

चितवन । चितवनमा निर्माणाधिन गौतक बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर लगाउने कार्यका मुख्य नाइकेलाई नेपाल कम्युनिष्ट पार्टी नेकपाले पनि कारवाही गरेको छ । रंगशालाको पश्चिमतर्फको जमिनमा लगाइएको सुरक्षा घेराबार भत्काउने कार्यका योजनाकार नेकपाका स्थानीय नेता प्रकाश कँडेललाई पार्टीले निलम्वित गरेर कारवाही गरेको हो ।

नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारले बिहीबार एक विज्ञप्ती जारी गर्दै कँडेलसहित उक्त कार्यमा संलग्न पार्टीकै अर्का सदस्य भैरह वास्ताकोटीलाई निलम्वनसहित कारर्वाही गरेको जनाएका छन् ।

जारी विज्ञप्तीमा भनिएको छ , “जेठ १५ गते डोजर लगाई भत्काईएको घटनाप्रती गम्भिर ध्यानाकर्षण भएको छ । स्थानिय प्रकाश कँडेल, भैरव बास्ताकोटी लगायतका उद्दण्ड ब्यक्तीहरुबाट भएको सो दुस्कार्यप्रती हाम्रो पार्टी नेकपा गम्भीर दुख प्रकट गर्दछ । दोषी उपर कानुनी कारवाही अगाडी बढाई क्षतिपुर्ती भराउन समेत राज्यसंग माग गर्दछौं ।”

‘विकासको बाधक बन्न् खोज्ने प्रवृतिप्रती खेद ब्यक्त गर्दै हाम्रो पार्टीले भरतपुर १६ निवासी घटनाका मुख्य नाइके पार्टीका सदस्य सदस्य प्रकाश कँडेललाई सदस्यताबाट निलम्वन गरी कारर्वाही गरेको छ भने अर्का पार्टी सदस्य भैरव बास्ताकोटीलाई दुई महिनाका लागि पार्टी सदस्यताबाट निलम्विन गरिएको छ, जारी विज्ञप्तीमा भनिएको छ।’

नेकपा चितवनले दोषीउपर कारर्वाही गरी क्षतिपूर्ती पनि उनीहरुबाट नै भराउन माग गरेको छ ।
रंगशालाको बार भत्काउँदा १० लाखभन्दा बढीको क्षति भएको धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ ।

चितवनको रामपुरमा निर्माणाधीन गौतम बु्द्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा लगाइएको जस्ताको बार भत्काउने मुख्य योजनाकार कँडेलसहित १६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । उनिहरु उपर कानुन वमोजिक कारवाही प्रकृया सुरु गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सार्वजनिक सम्पतिमा नोक्सानी पुर्‍याएको तथा धम्क्याएको अभियोगमा उनीहरुविरुद्ध मुद्दा चलाउने कार्य सुरु गरिएको सकिने चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए ।

धुर्मस(सुन्तली फाउण्डेशनले सुरक्षाको प्रत्याभूति नभएको भन्दै रंगशालाको निर्माण कार्य समेत स्थगित गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार