फेरि दिइयो नरबली, देउता खुशी पार्ने भन्दै धामीले बालकको घाँटी रेटे

धनुषा । धनुषामा एक बालकलाई नरबली दिइएको छ । धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरका शम्भु कुमार साहका अढाई बर्षीय बालक आर्यन भन्ने समीरकुमार साहलाई गत २४ वैशाखमा एक धामीले देउता खुशी पार्ने भन्दै हत्या गरेको खुलासा भएको छ ।

धनुषा प्रहरीका अनुसार हत्या हुनुको अघिल्लो दिन साँझदेखि हराइरहेका बालकको घाँटी काटिएको अवस्थामा शव गत वैशाख २४ गते बिहान फेला परेको थियो ।

हत्याबारे प्रहरीले तीन साता लगाएर गरेको अनुसन्धानका क्रममा सोहि ठाँउ ढल्केबरकै ५५ बर्षिय शत्रुद्यन महतोलाई बुधबार पक्राउ गरेर कारवाही प्रकृया अघि बढाएको छ । उनि स्थानिय धामी (झाक्री) भएको समेत भएको खुल्न आएको छ ।

धामी महतोबाट एक थान धारिलो हतियार, घटना गर्दाको बखत लगाएको गन्जी, गम्छा र धोतीसमेत प्रहरीले बरामद गरेको जिल्ला धनुषा प्रहरी प्रमुख शेखर खनालले जानकारी दिए ।

यसरि भयो घटना
बैशाख २३ गते साँझ मृतक बालक आर्यन आफ्नो घरको ढोका छेउ फूलको बोट नजिक खेलिरहेको अवस्थामा महतो (धामी) ले ललाइफकाइ गरी अपहरण गरेका आफ्नो लग्छन। उनले बालकलाई आफ्नो घरमा एक राती बन्धक बनाएर राख्छन ।

त्यसपछि अर्को दिन वैशाख २४ गते बिहान चमेनिया माँई भन्ने देवताका नाममा नर बलिका रूपमा निर्दयीपुर्बक नाबालकको आफ्नै घर आँगनमा धारिलो हतियारले घाँटी रेटी देउता खुशी पार्ने भन्दै हत्या गरिन्छ ।

त्यसपछि, महतोले बालकको शवलाई बालकको घर पछाडि रहेको कृष्णनन्दन महतोको घर नजिक रहेको रूख बिरूवासहितको खेतको झाडीमा लगेर फल्दिछन् ।

मृतक बालककी आमा रेणुदेवी साह घाँस काट्न गएको अवस्थामा घरमा कोही नभएको मौका छोपी बालकलाई महतोले अपहरणको शैलीको लगेर एक दिनसम्म बन्धक बनाई राखेका थिए ।

अधियुक्तमाथी कारवाही प्रकृया सुरु
नाबालकको नरबली दिने महतोमाथी कारवाही प्रकृया भइसकेका छ । उनलाई धनुषा जिल्ला अदालतमा पेश गरी पहिलो पटक दिन ७ को म्याद थपगरी थुनुवामा राखिएको छ ।

मृतक बालकका हजुरवुवा पिताम्वर साह हलुवाईले शत्रुधन महतोबिरुद्व अपहरण गरी शरीर बन्धक राखी मारेको ज्यान सम्बन्धी कसूरमा जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएपछि कारवाही प्रकृया सुरु गरिएको हो। कानुनी प्रावधान अनुसार अभियुक्त महतोले बालकलाई अपहरणगरी, बन्धक बनाई हत्या गरेकाले उनिउपर दोब्बर सजाय हुन सक्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार