डोजर चलाउने मुख्य नाइकेसहित १८ जनाबिरुद्ध मुद्दा चल्यो, सीडीओ भन्छन, राजनितीक दवाबमा कसैलाई छोडिन्न

चितवन । चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको घेरबारमाथी डोजर लगाउने बिरुद्ध प्रहरीले मुद्धा चलाएको छ । बुधबार बिहान रंगशालाको बारमाथी डोजर लगाई भत्काउने १८ जनालाई प्रकाउगरी जिल्ला प्रहरी कार्यलय चितवनले बिहीबार उनिउपर मुद्धा चलाएको हो ।

रंगशाला सुरक्षाका लागि लगाइएको घेरबार भत्काएको आरोपमा पक्राउ परेका ५ महिलासहित १८ जनालाई अभद्र व्यवहार अन्तर्गत मुद्दा चलाएको चितवन प्रहरीले जनाएको छ ।

घटनाका मुख्य आरोपित स्थानिय ३१ वर्षीय प्रकाश कँडेलसहित ५५ वर्षीय तुलसी गुरुङ, ४६ वर्षीय देव तामाङ, २७ वर्षीय राजन सापकोटा, ३२ वर्षीय सन्जु गुरुङ, ४० वर्षीय भैरव वस्ताकोटी, ३४ वर्षीय सुरेन्द्र विक, २५ वर्षीय कृष्ण कँडेल, ३६ वर्षीय दिपक आचार्य, ३६ वर्षीय राजु सापकोटा, २८ वर्षीय देव गुरुङ, १९ वर्षीय विपिन भट्टराई, ४९ वर्षीय धु्रव चापागाईमाथी मुद्धा चलाइएको छ ।
उक्त घटनामा मुछिएका ४० वर्षीया पारु परियार, २९ वर्षीया यसोदा पौडेल, , ३४ वर्षीया कोपिला सापकोटा, ५६ वर्षीया ईश्वरीमाया तामाङ र ३४ वर्षीया मन्जु चापागाईमाथी पनि प्रहरीले मुद्धा चलाएको छ ।

घटनाको सर्बत्र बिरोध
विश्वभर रहेका नेपालीहरुबाट संकलित आर्थिक सहयोगमा धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको उक्त रंगशालामाथी भएका आक्रमणको चौतर्फी बिरोध भइरहेको छ । निस्वार्थरुपमा देश र समाजको विकासमा लागि परेका धुर्मुस सुन्तलीलाई हत्त्तोसाहित पार्नेगरी रंगशालामाथी भएको आक्रमणको सबैले बिरोध गर्दै दोसीमाथी हदैसम्मको कारवाहीको माग गरेका छन् ।

बन्दे गरेको एतिहासिक रंगशालाको बारमाथी चलाइएको डोजरको चितवन जिल्ला खेलकुद विकास समितिले घोर भत्र्सना गर्दै दोषीलाई कारबाही गरी यथाशिघ्र काम अघि बढाउन आग्रह गरेको छ । खेलकुदसंग सम्बन्धित विभिन्न संघसस्था, विभिन्न राजनितीक दल र स्थानियहरुले पनि घटनाको बिरोध गर्दै दोसीमाथी कारवाहीको माग गरेका छन । भरतपुर महानगर प्रमुख रेनु दाहालले दोषीलाई कारबाही हुनुपर्ने बताएकी छन ।

यता, रंगशाला निर्माणमा सुरक्षा नभएको भन्दै धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले बुधबार नै एक विज्ञप्ती निकाल्दै निर्माण कार्य अनिश्चितकालका लागि स्थगित गरिएको जनाएका थिए । तर, स्थानिय प्रशासनले पुर्ण सुरक्षाको ग्यारेन्टी दिने भन्दै निर्माण कार्य सुचारु गर्न धुर्मुसको टिमलाई आग्रह गरेको छ ।

राजनीतिक दवावमा दोसी छोड्दिन– प्रजिअ
चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले निर्माणाधीन अन्र्तराष्ट्रिय क्रिकेट रंंगशालाको बार भत्काउने दोषीलाई राजनीतिक दवावमा नछाड्ने बताएका छन् ।

“जिल्लामा भइरहेको एतिहासिक विकास निर्माणको पुर्वाधारलाई गुण्डागर्दीको शैलीमा गरिएको आक्रमण क्षम्य छैन उनले भने, दोसीहरु कुनै हालतमा पनि छुटकारा पाउँदेनन् ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार