सेफ्टी ट्यांकीमा निसास्सिएर चारको मृत्यु

बिराटनगर । निमार्ण भइरहेको सेफ्टी ट्यांकीमा निसास्सिएर चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको सुनवषरी नगरपालिका ९ का फिराज आलम, सहनवाद, कपिल आलम र मोहम्मद आलम रहेका छन् ।

मस्जिदको कम्पाउण्डमा सेफ्टी ट्यांकी बनाउने क्रममा पाँच जना निसास्सिएर बेहोस भएका थिए । बेहोस भएका मध्ये चार जनाको मृत्यु भएको छ भने एक जनाको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार