काठमाडौं । डाक्टर र कर्मचारीको सामूहिक राजीनामा पछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामीलाई उपचारमा समस्या भएको छ । विरामीको चेकजाँचका लागि प्रतिष्ठानमा कोही पनि कर्मचारी नहुँदा समस्या भएको हो ।
उपकुलपतिको कार्यशैली ठीक नभएको भन्दै एकैपटक भदौ ५ मा २२ जनाले सामूहिक राजीनामा दिएका थिए । उनीहरुको ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऔं अभियान’ले राजीनामा मागेको हो ।
कर्मचारीको राजीनामा पछि उपचारमा प्रतिष्ठानका उपकुलपति प्रा.डा.संगीता भण्डारी आफै लागेकी छन् । उनले विरामीलाई जाँच्ने र औषधी दिने काम पनि गरिरहेकी छन् । ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऔं अभियानले’ आइतबार ज्ञापनपत्र समेत बुझाएको छ ।
पनपत्रमा निःशुल्क प्रसूति सेवा र थारु समुदायमा देखिने सिकलसेल रोगको उपचार सेवा कटौती गरेको, पोषण पुनःस्थापना केन्द्र बन्द गरेको, उपचार शुल्क महंगो बनाएको लगायतका आरोप छन् ।
यसैगरी राप्ती उपक्षेत्रीय अस्पताल प्रतिष्ठानमा हस्तान्तरण भइसकेपछि अस्पतालअन्तर्गतका कर्मचारीलाई समायोजन गर्नुको साटो निष्कासन गरेको आरोप पनि उल्लेख गरिएको छ ।









