अस्मिता कार्कीको वयान सकियो, रवि र युवराजको भोली, रिहा हुने संभावना भोली पनि न्युन


चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणका आरोपितहरुमध्ये आज एकजनाको मात्रै वयान लिइएको छ । घटनामा मुछिएकी नर्स अस्मिता कार्कीको मात्रै वयान भएको उनका कानुन ब्यवसायि मनिष कुमार श्रेष्ठले जानकारी दिए ।

साँझ ५ बजे कार्यालय समय सकिएकाले अन्य आरोपिहरु संचारकर्मी रवि लामिछाने र युवराज कँडेलको भने भोली बिहान १० बजेदेखि वयान लिने काम सुरु हुने बताइएको छ ।

भोली लामिछाने र कँडेलको वयान सकिएपछि सरकारी वकिलले आफ्नो तर्फबाट सुरुमा वहश गर्नेछन् । सरकारी वकिलको वहशपछि आरोपितहरुको तर्फबाट वहश हुने भएकाले घटनाका सम्बन्धमा भोली पनि अदालतको आदेश आउने नआउने अन्यौल कायमे रहने कानुन ब्यवसायि श्रेष्ठले बताए ।

घटनाका तीनैजना आरोपीतमाथी दश दिनको अनुसंन्धानपछि चितवन प्रहरी र सिआइबीको टोलीले संयुक्त रुपमा तयार पारेको फाइल आइतबार सरकारी वकिलको कार्यलयमा पेश भएपछि उनिहरुको मुद्धा अदालतमा पेश भइ वयान सुरु भएको थियो ।

चितवन जिल्ला अदालतको एक नम्बर इजलासमा वयान सुरु गरिएको थियो । रवि लगायत तीनै जनाबिरुद्ध सरकारी वकिलले पत्रकार पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा ५ वर्ष जेल र ५० हजार जरिवाना माग गर्दै आइतबार दिउँसो जिल्ला अदालत चितवनमा रिट दायर गरेका थिए ।

यो सनसनीपुर्ण भिडियो पनि हेर्नुस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार