चितवनको सुरक्षा ब्यवस्था कडा, ५ जनाभन्दा बढि भेला हुन नपाउने

चितवन । प्रर्दशनका नाममा चितवनमा आन्दोलन अराजक हुन थालेपछि स्थानिय प्रशासनले कडा कदम चालेको छ । आइतबार साँझ सम्पन्न भएको जिल्ला सुरक्षा समितिको बैठकले भोली बिहान ६ बजेदेखि एकै ठाँउमा ५ जनाभन्दा बढि भेला हुन नपाउने निर्णय गरेको हो ।

स्थानीय प्रशासन ऐन २०२८ प्रयोग गर्दै अर्को आदेश नभएसम्मका लागि तोकिएको चार किल्ला भित्र पाँच जना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला नहुन आदेश दिइएको चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए ।

प्रशासनले तोकेको चार किल्ला भित्र हुलदंगा, अशान्ति पैदा गर्न खोजे कडा कारवाही समेत गरिने प्रजिअ बस्नेतले बताए।

उनका अनुसार जिल्लाको चार किल्लामा पूर्वतीर बाइपास सडकतर्फको आन्तरिक राजश्व कार्यालय चोकदेखी घरेलु कार्यालयको चोकसम्म, पश्चिमतर्फको पूर्वपश्चिम लोकमार्गको सप्तगण्डकी अस्पताल चोकदेखी चौविसकोठी चोकसम्म, उत्तरपट्टी बाइपास सडकतर्फको आन्तरिक राजश्व कार्याललको चोकदेखी भरतपुर अस्पताल–पुरानो मेडिकल कलेज जाने चोक–नारायणी मावि चोक, कृषि ज्ञान केन्द्र हुँदै पूर्वपश्चिम लोकमार्गतर्फको चौविसकोठी चोकसम्म र दक्षिणतर्फको बाइपास सडकतर्फको घरेलु कार्यालयको चोकदेखी दूरसंचार चोकहुँदै पूर्वपश्चिम लोकमार्गको सप्तगण्डकी अस्पताल चोकसम्म एक ठाँउमा ५ जना भन्दा बढि भेला नहुन कडा आदेश दिएको छ ।

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका संचारकर्मी रवि लामिछाने सहित तीनलाई हिरासतमा लिइएपछि रविका सर्मथकहरुले चितवनमा रविको रिहाइको माग गर्दै प्रर्दशन गर्दै आएका छन् ।

प्रर्दशनका क्रममा अहिलेसम्म दर्जनबढि प्रहरी घाइते भइसकेका छन् भने करिब १४ जना प्रर्दशनकारीमाथी प्रहरीले मुद्धा चलाईसकेको छ ।
आइतबार साँझ मात्रै रवि सर्मथकहरुले प्रर्दशन गर्दै निषेध क्षेत्र तोडेर अघि बढ्न खोज्दा प्रहरीसंग झडप भएको छ ।

झपडमा प्रहरीले दर्जनौं अष्णुग्याँस हानेको थियो भने प्रर्दशाकारीहरुले ढुंगामुडा प्रहार गर्दा चार जना प्रहरी घाइते भएका छन् ।

हेर्नुहोस जारि विज्ञप्ती

हाम्रा भिडियो सामाग्री पनि हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार