
चितवन । चितवन जिल्ला अदालतमा अहिले पत्रकार शालिकराम आत्महत्या प्रकरणबारे सरकारी वकिलकातर्फबाट वहश सुरु भएको छ । सोमबार घटनाका आरोपितहरु सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको बयान सकिए लगत्तै थुनछेक वहश सुरु भएको हो ।
घटनाका अर्की आरोपित नर्स अस्मिताको बयान हिजै सकएको थियो ।
थुनछेक वहशमा सुरुमा वादीका तर्फबाट सरकारी वलिकहरुले वहश सुरु गरेको अदालत स्रोतले जनाएको छ ।
जिल्ला न्यायधीश हेमन्त रावलको इजलासमा अहिले वहस चलिरहेको छ ।
वहश आजै सकिने संभावना न्युन
थुनछेकमा पक्ष विपक्षबाट वहशमा गर्ने वकिलको संख्या करिब दुई दर्जन बढि भएकाले थुनछेक आजै सकिने संभावना कम छ ।
जिल्ला अदालत चितवनका श्रेस्तेदार रुद्रमणि गिरीका अनुसार बहसका लागि प्रतिवादीका पक्षबाट १५ जना वकिल र वादीका तर्फबाट सरकारी वकिलसहित ६ जना भन्दा बढि वकिलले वहस गर्नेछन् ।
दुर्बतर्फबाट वहश गर्ने वकिलहरुको संख्या धेरै भएकाले कार्यालय समय साँझ ५ बजेभित्र वहश सकिने संभावना एकदमै न्युन रहेको कानुन ब्यवसायिहरुले बताएका छन् ।
पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा रवि लामिछाने लगायत तीन जना उपर आत्महत्या दुरुत्साहनको मुद्धा दायर गरिएको छ । मुलुकी अपराध संहिताअनुसार आत्महत्या दुरुत्साहनको कसुर प्रमाणित भएमा वि लगायत तीनैजनालाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने छ ।









