
चितवन । चितवनको भरतपुरमा प्रहरी र रवि लामिछानेका समर्थकहरुबीच फेरि झडप भएको छ ।
स्थानिय प्रशासनले दिएको आदेशको अवज्ञा गर्दै प्रर्दशनकारीहरु सोमबार बिहानैदेखि सडकमा निस्केर रविको रिहाइको माग गरिरहेका छन् ।
आइतबार साँझ जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाका चारवटा किल्लाहरुमा एकठाउँमा पाँचजना भन्दा बढि भेला नहुन आदेश दिएको थियो । प्रशासनको उक्त आदेशको अवज्ञा गर्दै प्रर्दशनकारीहरुले ठाँउ ठाँउमा नारा जुलुस गरिरहेका छन् ।
जिल्ला अदालतमा अहिले आरापितहरुको थुनछेक बहस चलिरहेको बेला बाहिर प्रर्दशनकारीहरुले सार्वजनिक सवारी साधनमा तोडफोड गरेपछि झडप भएको प्रहरीले बताएको छ । झडपमा केहि प्रर्दशनकारीलाई नियन्त्रणमा लिइएको छ ।
भिडलाई तितरबितर पार्न प्रहरीले दुई राउण्ड अश्रु ग्यास प्रहार भएको चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए । उनका अनुसार प्रर्दनकारीले निषेधित क्षेत्रमा रोकेर राखिएका ट्रक र मोटरसाइकलमा तोडफोड गर्न लागेपछि झडप भएको हो ।
ट्रकमा तोडफोट
प्रर्दशनकारीले दुई ट्रकमा तोडफोड गरेका छन् । दुवै ट्रकलाई भरतपुरको बसपार्क र हाकिचोकमा तोडफोड गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
काठमाडौँबाट हेटौँडा जाँदै गरेको ना ६ ख ४२ नम्बरको ट्रकमा तोडफोड गरेको प्रहरीले जनाएको छ । त्यस्तै पर्सा टाँडी हुँदै नवलपरासी चौधरी ग्रुपतर्फ जाँदै ना ४ ख ४३२५ नम्बरको अर्को ट्रकमाथि पनि तोडफोड भएको छ। दुवै ट्रकमा आशिंक मात्रै क्षति पुगेको प्रहरीको भनाइ छ ।
यो भिडियो पनि हेरौं









