
चितवन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका आरोपितमध्ये अस्मिता कार्की रुकुबारे थुनछेक बहश सकिएको छ । सोमबार जिल्ला अदालत चितवनको इजलासमा आरोपितको बयान सकिए लगत्तै भएको थुनछेक बहशमा आरोपित अस्मिताका वकिलहरुले बहश गरेका हुन ।
प्रतिवादी अस्मिताको पक्षबाट अधिवक्ताहरु मनिष कुमार श्रेष्ठ, केदार गुरागाँई, नारायण गिरी, छाँया चन्द, कल्पना उप्रेती र आन्नद पराजुलीले बहश गरेको अधिवक्ता श्रेष्ठले जानकारी दिए ।
थुनछेकमा बहश गर्ने वकिलहरुको संख्या धेरै भएकाले आज थुनछेक सबै सकिनेमा आशंका रहेको कानुन ब्यवसायिहरुले बताएका छन् ।
अहिले अर्का आरोपित रवि लामिछानेकातर्फबाट वकिलहरुले थुनछेक बहश गरिरहेका छन् ।
भिडियो सामाग्री पनि हेर्नुहोस









