आरोपित तीनैजनाको अर्को तारेख असोज ५ गते


चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका रवि लामिछाने लगायत तीनैजना रिहा भएसंगै उनको पहिलो तारेखको मिति तोकिएको छ ।

जिल्ला अदालत चितवनबाट दशदिनपछि धरौटीमा रिहा भएका रवि सहित युवराज कँडेल र साधारण तारेखमा रिहा भएकी अस्मिता कार्कीलाई असोज ५ गते अदालतमा हाजिर हुन पहिलो तारेख दिइएको हो ।

न्यायधिश हेमन्त रावलको इजलासबाट रवि ५ लाख, युवराज ३ लाख र अस्मितालाई शुद्ध तारेखमा रिहा गर्न आदेश दिएका दिइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार