डेंगु रोगबाट फेरि एकजनाको मृत्यु

कपिलवस्तु । डेंगु रोगका कारण फेरि एकजनाको मृत्यु भएको छ । डेगुंबाट कपिलवस्तुको वाणगङ्गा नगरपालिका–७ मोतिपुरका ६१ वर्षीया सावित्रा आचार्यको मृत्यु भएको हो । उनको उपचारका क्रममा शनिवार लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

डेंगुबाट संक्रमित आर्चायको तीन दिनदेखि लुम्बिनी प्रादेशिक अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको थियो । उनको रगतमा प्लेटलेट्सको मात्रा नबढेपछि साँझ साढे ५ बजे निधन भएको अस्पतालका मेडिकल सुपरिडेन्टेनका डा कृष्ण खनालले जानकारी दिए ।

यो भिडियो पनि हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार