कविता– कठै, मान्छे !

मान्छेले मान्छेकै विकल्पमा
भगवानलाई सम्झ्यो ,
ढुङ्गालाई देउता मान्यो,
मैनालाई बोलायो ,
सुगालाई पढायो, 
बादरलाई नचायो,
एउटी स्त्रीले पुरुषको हात छोडी,
एउटा पुरुषले स्त्रीको हात छोड्यो,
एकअर्काका विरुद्धमा बोले,
नारा लागाए , चिल्लाए , कराए,
मान्छेबाटै साबधान रहन मान्छेले
कुकुरलाई साथी मान्यो ।
यति हुँदा पनि बिचरा मान्छे,
मान्छेबिना आफूलाई टुहुरो ठान्न थाल्यो।
कठै ! मान्छे !

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार