रोयल सोसाइटी अफ बायोलोजीले सन् २०१८ को ‘फोटोग्राफर अफ द इयर’ घोषणा गरेको छ । यस वर्ष यो उपाधि १७ वर्षका ज्याक ओलिवको पोल्टोमा परेको छ । चितुवाको जस्तो छाला भएको छेपारोको तस्बिर यस बर्षको उत्कृष्ट फोटोमा पर्न सफल भएको छ । प्रतियोगितामा डेवानका १७ वर्षका ओलिवलाई उनको ‘लेपर्ड गेको’ तस्बिरका लागि फोटोग्राफर अफ द इयरमार्फत सम्मान गरिएको हो । यो संगै अन्य १२ सर्वश्रेष्ठ तस्बिर घोषित भएका छन ् ।