गुल्मीमा एक जनाको मृत्यु

गुल्मी । गुल्मीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको कालीगण्डकी गाउँपालिका ६ तल्लो कोरेङ्गका ६४ वर्षीय दुर्गादत्त ढकाल रहेका छन् ।

उनको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । उनको सोही गाउँका टोपबहादुर सार्कीले कुटपिट गरी हत्या गरेको जनाइएको छ ।

उनीहरुबीच शनिबार साँझ एक आपसमा झगडा भएको थियो । भनाभनबाट सुरु भएको विवाद पछि कुटपिट हुदाँ सार्कीले ढकाललाई घाइते बनाएका थिए । घाइते ढकाललाई उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा लैजादैं गर्दा मृत्यु भएको थियो ।

ढकाललाई कुटपिट गर्ने टोपबहादुर सार्कीलाई प्रहरीले पक्राउ गरेको छ । विवाद बारे प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार