सल्यान । रोकेर राखेको ट्रक पल्टिँदा सल्यानमा एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा सल्यानको शारदा नगरपालिका ८ का ४५ वर्षीय मजदूर रामकली विक रहेका छन्।
अन्य तीन जना कामदार घाइते भएका छन् ।
ट्रक सल्यानको शारदा नगरपालिकाको कार्यालय नजिकै बाटोमा रोकेर राखिएको थियो । ‘बाटो निर्माण गर्न बा ३ क २३६५ नम्बरको ट्रकबाट ड्राइभरले ब्रेक लगाइ सामान झार्दै थिए।
ड्राइभर उक्त ट्रकबाट झरेको र विक पानी खान ट्रकमा चढेका थिए । र केही समयपछि ट्रक पल्टिँएको प्रहरीले बताएको छ ।








