काठमाडौं । शल्यक्रिया गर्दा टाउकोमा चोट लागेका शिशुको मृत्यु भएको छ । पाल्पाको लुम्बिनी मेडिकल कलेजमा शल्यक्रिया गरेर प्रसुति गराउने क्रममा टाउकोमा चोट लागेका शिशुको मृत्यु भएको हो ।
गुल्मीको रुरु गाउँपालिका ५ कि सरिता श्रेष्ठको ७ महिनाको बच्चा डाक्टरले भदौ २४ गते शल्यक्रिया गरी निकाल्ने क्रममा टाउको काटिएको प्रहरीले जनाएको छ ।
टाउकोमा चोट लागेपछि तीन वटा टाँका लगाई भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो । उपचाररत शिशुको बिहीबार मृत्यु भएको हो । सुत्केही महिलाको भने उपचार भइरहेको छ ।








