पोर्चुगलमा तीन नेपालीको मृत्यु

काठमाडौं। पोर्चुगलमा आठ दिनको अवधीमा तीन नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखराका ४७ वर्षीय तोरणबहादुर थापा, नुवाकोटका ४१ वर्षीय नवीनकुमार पाठक र एक पोखराकेकै २९ वर्षीय युवक रहेको एनआएएनए पोर्चुगलले जनाएको छ ।

थापाको उनकै अपार्टमेन्टमा हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

यसैगरी डिसेम्बर ८ का पाठकको निधन भएलगत्तै गत मङ्गलबार करीब एक वर्षअघि पोर्चुगल आएका पोखराका २९ वर्षीय युवकको उनकै कोठामा मृत्यु भएको थियो । परिवारको आग्रहमा ती युवकको नाम खुलाइएको छैन । उनको शव जोजेजु आकिम फेर्नान्दिस अस्पताल बेजामा राखिएको छ । शव परीक्षण रिपोर्टमा अत्यधिक मद्यपानका कारण बान्ता गर्दा श्वासप्रश्वास नली बन्द भई अक्सिजनको कमी हुँदा मृत्यु भएको बताइएको छ ।  मृतकको शव नेपाल पठाउनका लागि प्रक्रिया अगाडि बढाइएको एनआरएनए पोर्चुगलले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार