बजेट दुरुपयोग गर्दै जनप्रतिनिधि र कर्मचारीहरु बिदेश भ्रमणमा

मोरङ । बजेट दुरुपयोग गर्दै जनप्रतिनिधि र कर्मचारीहरु बिदेश भ्रमणमा गएका छन् । मोरङको सुनवर्षी नगरपालिकाले कृषि क्षेत्रको विकासका लागि छुट्याएको बजेटको दुरुपयोग गर्दै नगरपालिकाका मेयर कालिप्रसाद दास लगायतको भ्रमण टोली भारतको सिक्कीम पुगेको छ ।

टोलीमा उपमेयर मञ्जु राई, प्रशासकीय अधिकृत राजकुमार केसीसहित ८ जना वडा अध्यक्ष, नगरपालिकाका शाखा प्रमुख लगायत अन्य सरकारी कर्मचारी समेत रहेको बताइएको छ ।

गत बुधबार कृषि अध्ययन, अवलोकन भ्रमण भन्दै सुनसरी, मोरङ, झापा र इलाम गएका हुन ।
सरकारी बजेट दुरुपयोग गर्दै भ्रमणका निस्केकाहरुले भारतको सिक्कीममा पुगेर भ्रमण टोलीको फोटो फेसबुकमा पोष्ट गरेपछि भ्रमणको रहस्य खुलेको थियो ।

कृषिका लागि ७ लाख बजे बिनियोजनमध्ये ५ लाख बजेट भ्रमण टोलीका लागि लगिएको थियो । यसबारे सुनबर्सी नगरपालिकाका कार्यवाहक अध्यक्ष प्रताप तामाङले भ्रमण टोली भारत पुगेको भन्ने बारे आफूलाई जानकारी नभएको स्पष्ट पारे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार