रुपन्देही । अब गाईको पनि मान्छेको जस्तै जन्म दर्ता, बसाइ सराइ र मृत्यु दर्ता हुने भएको छ । रुपन्देहीको तिलोत्तमामा गाईको पनि जन्म, बसाइ सराइ र मृत्यु दर्ता अनिवार्य गरिएको हो ।
यो गरेबाफत किसानहरुलाई नगरपालीकाले भत्तासमेत दिने गरेको छ । सम्भवत देशमै पहिलो पटक यस्तो ब्यवस्था गरिएको हो ।
गाई पालन बढाउने र गाईबस्तुलाई छाडा छाड्नेक्रम न्युन गर्न नगरपालिकाले यस्तो गरेको जनाएको छ ।
छाडा गाईबस्तुले सडक दुर्घटनामा पनि बृद्धि भएकाले त्यसलाई न्यनिकरण गर्नमा सहयोग पुग्ने नगरपालीकाले विश्वास लिएको छ ।
आफ्नो गाईको विवरण दर्ता गराउन वडा कार्यालयमा आउने किसानलाई प्रतिगाईको तीनसय देखि ५ सय रुपैयाँसम्म भत्ता दिने योजना रहेको नगरपालिका प्रवक्ता सुरेन्द्र श्रीले बताए ।
त्यस्तै गाईको जन्म दर्ता, मृत्यु दर्ता र बसाइ सराइ गराए पनि नगरपालिकाले यातायात खर्चको ब्यवस्था समेत गरेको प्रवक्ता श्रीले जानकारी दिए ।