डा.पुनलाई छलफल गर्न बोलाएका थियौं तर सत्य नबुझि अनर्गल प्रचार भयो– मन्त्रालय


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. शेरबहादुर पुनलाई कोरोना भाइरसका बिषयमा छलफल गर्न बोलाएको स्पष्ट पारेको छ । आइतबार मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा यसबारे मन्त्रालयका सहसचिव रधुराम बिष्टले स्पष्टोक्ती दिएका हुन ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख मेडिकल अधिकृत रहेका डा. पुनलाई मन्त्रालयले कोरोनाका बिषयमा छलफल गर्न बोलाएको बिषयमा सत्य तथ्य नबुझी मिडियाले अर्नगल प्रचार प्रसार गरेकोमा मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको समेत सहसचिव बिष्टले बताए ।

डा. पुनको बिषयलाई लिएर मिडिया तथा सामाजिक सञ्जालमा स्वास्थ्य मन्त्रीको चरित्र हत्या गर्ने र कोरोनाबिरुद्ध खटिएका स्वास्थ्यकर्मीको मनोबल गिराउने काम भएको मन्त्रालयको दावी छ ।

डा. पुनलाई कोरोनाका बिषयमा मिडियामा जथाभावी बोलेको भन्दै मन्त्रालयले स्पष्टीकरण सोधेकोबारे विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि मन्त्रालयको चौतर्फी बिरोध हुँदै आएको थियो । मन्त्रालयले पत्रकार सम्मेलनमार्फत यसबारे स्पष्ट पारेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार