
काठमाडौं । शंकर ग्रुपका सञ्चालक सलभ अग्रवाल सम्पत्ति शुद्धीकरण विभागबाट छुटेका छन् । आजै पक्राउ परेका उनलाई विभागले तारेखमा छाडेको हो ।
कोरोनाको महामारीका बेला थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका सुलभ अग्रवाललाई बिहीबार नै जिल्ला अदालत, काठमाडौंले २५ लाख ५० हजार धरौटीमा छाडेको थियो ।
अदालतको आदेशमा रिहा भए लगत्त्तै उनलाई सम्पती शुद्धीकरण विभागले नियन्त्रणमा लिएको थियो । विभागले आजै उनीसँग बयान लिएर लकडाउनपछि अनुसन्धान गर्ने गरी छाडेको बताइएको छ ।
उनी थर्मल गन कालोबजारी गरेको आरोपमा चैत २५ गते पक्राउ परेका थिए ।










