
काठमाडौं । मंगलबार भक्तपुरमा कोरोना पुष्टि भएकी महिलाको सम्पर्कमा आएका १९ जनालाई क्वरेन्टाइनमा राखिएको छ । उनको ट्राभल हिस्ट्री गर्दा सम्पर्कमा आएका १९ जनालाई क्वारेन्टाइनमा राखिएका हुन् ।
यसका साथै उनको माइती घर र त्यहाँ आसपासका पाँच घरलाई प्रहरीले सिल गरेको छ । संक्रमित महिलाको सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमानस्थितमा माइतीघर रहेको खुलेको छ ।
सुनसरीबाट सोमबार मोटरसाइकलमा बीपी राजमार्ग हुँदै आएकी उनले कमलामाई खाना खाएर झन्डै ४५ मिनेट बिताएकी थिइन् ।
उनको सम्पर्कमा आएका तीन घरका आफन्त १६ जनाको एउटै कम्पाउन्ड भएकाले ‘होम क्वारेन्टाइन’मा र उनीहरूको सम्पर्कमा आएका अन्य दुई घरका तीन जनालाई सरकारी क्वारेन्टाइनमा राखिएको बताइएको छ ।
त्यस्तै उनी कार्यरत ललितपुरको पुल्चोकमा रहेको अरोग्य प्रतिष्ठान र सँगै जोडिएको निदान अस्पताल पनि प्रहरीले बुधबार नै सिल गरेको छ ।










