रुकुम घटनाबारे काँग्रेसले भन्योः स्थानियले लखेटी लखेटी ज्यान लिए


जाजरकोट । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रुकुम पश्चिमको सोतीमा जाजरकोटका ६ जना युवाको चारैतिर नाका बन्द गरेर हात हतियारले कुटी कुटी हत्या भएको दावी गरेको छ ।

घटनाका बिषयमा जाजरकोट काँग्रेसले बुधबार एक विज्ञप्ति जारी गर्दै घटनामा संलग्नहरुलाई हदैसम्मको कारवाहीका लागि जोडदार माग गरेको छ ।

“विवाहका लागि केटीपक्षको घर जाँदा सिंगो गाउँ नै उर्लिएर स्थानीय हात हतियार लिई लेखेटर कुटी कुटी ज्यान लिनु नेपालको संविधानको मर्म, संघीय लोकतान्त्रिक गणतन्त्रको भावना विपरित, जातीय छुवाछुत तथा जातीय भेदभावमुक्त राष्ट्र नेपालको अन्तराष्ट्रिय लज्जाको विषय बनेको छ”, नेपाली कांग्रेस जाजरकोटका सभापति दीपकजंग शाहद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार