क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु, रिपोर्ट आउदैं

दैलेख । क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको दुल्लु नगरपालिका ११ का ३५ वर्षीय पुरुष रहेका छन् ।  दुल्लु नगरपालिका ७ मा रहेको क्वारेन्टिनमा बस्दै आएका उनको शनिबार विहान मृत्यु भएको बताइएको छ ।

भातरबाट फर्किएका उनी विगत १० दिनदेखि क्वारेन्टाइनमा थिए । शनिबार विहान एक्कासी ढलेर मृत्यु भएको छ । उनको स्वाब परीक्षणका लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइसकेकाले रिपोर्ट आजै आउने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार