बाँके । बाँकेमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । जिल्लाको राप्ती सोनारी गाउँपालिका २ ठुरिया जंगलमा गाडी दुर्घटना भएको हो ।
भारतबाट मजदुरी गरेर फर्किएका मजदुरहरु बोकेर आएको गाडी बिग्रिएर बसेको ना ५ ख ५९९५ नम्बरको ट्रकमा ठोकिदा दुर्घटना भएको हो ।
दुर्घटना परी घाइते भएका मध्ये पाँच जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरुलाई उपचार गर्न नेपालगञ्ज ल्याइएको छ भने शवहरु भेरी अस्पतालमा राखिएको छ ।









