चार वर्षकी बालिका सहित २५ जनाले जिते कोरोना


भैरहवा । कोरोना संक्रमण पछि भैरहवाको भीम अस्पतालमा उपचाररत २५ जना डिस्चार्ज भएका छन् । उनीहरुको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि सोमबार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

कोरोना जितेर डिस्चार्ज हुनेमा चार वर्षकी बालिकासमेत छन् । डिस्चार्ज हुनेमा रुपन्देहीको गैडहवा गाउँपालिकाका १० जना, कपिलवस्तुुका ५, लुम्बिनी सा‌ंस्कृतिक नगरपालिकाका ४, नवलपरासीका ३, भारतीय नागरिक १, सिद्धार्थनगर नगरपालिकाका १ र रुपन्देहीको कोटहीमाई गाउँपालिकाका १ जना रहेका छन् ।

उनीहरु कोरोना संक्रमण देखिएपछि बैशाख ३० गते अस्पताल भर्ना भएका थिए । अस्पतालबाट डिस्चार्ज भएपछि उनीहरुले नाचगान समेत गरेको अस्पतालले जनाएको छ ।

उनीहरुलाई पाँच नम्बर प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बराल र रुपन्देहीका प्रदेशसभा सदस्य सन्तोष पाण्डे अस्पतालमै पुगेर बिदाई गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार