बाँके । बाँकेमा आइतबार भएको बस दुर्घटनामा ज्यान गुमाएका र घाइतेको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । मृतक र घाइते ३३ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।
भारतबाट फर्किएका नेपालीलाई बोकेर आएको बस आइतबार राति बाँकेको राप्ती सोनारी गाउँपालिका २ ठुरियामा रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने, २१ जना घाइते भएका छन् ।
उनीहरु सबै जना भारतबाट आएकाले कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । भेरी अस्पतालमा गरिएको परिक्षणमा रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।
घाइतेको अहिले नेपालगञ्जमा रहेको भेरी अस्पतालमा उपचार भइरहेको छ ।









