
दाङ । दाङमा क्वारेन्टिनबाट निस्के लगत्तै अन्तरजातिय विवाह सम्पन्न भएको छ । घोराही उपमहानगरपालिका-१८ का २३ वर्षीय कृष्ण वली र तुलसीपुर उपमहागरपालिका- ७ की २१ वर्षीया सीता चौधरीबीच आइतबार क्वारेन्टिनबाट निस्किएलगत्तै विवाह भएको हो।
उनिहरु केहिदिन अघि भारतबाट आएर क्वारेन्टीनमा बसेका थिए । क्वारेन्टीनमा कोरोना जाँचको पीसीआर रिर्पोट नगेटिभ आएपछि उनीहरुले क्वारेन्टिनबाट निस्किएलगत्तै विवाह गरेको घोराही उपमहानगरपालिका-१८ का वडाध्यक्ष भरत अर्यालले जानकारी दिए ।
क्वारेन्टिन नजिकै रहेको वरपीपलको रुखमुनी सम्पन्न भएको विवाहका पुरेत वडाध्यक्ष अर्याल नै थिए ।
यस्तो थियो कृष्ण र सीताको प्रेम कहानी
२ वर्षअघि कृष्ण र सीताको फेसबुकबाट चिनजान भएको थियो। चिनजान भएको केही समयमै उनीहरूबीच माया बस्यो। कृष्ण नयाँदिल्लीको एक होटेलमा सेफको काम गर्थे। सीता तुलसीपुरस्थित गोरखा माविका कक्षा १२ मा पढ्थिन्।
मागि विवाहका लागि जात नमिल्ने भएपछि उनीहरु आफ्नो माया मर्न नदिई ९ महिनाअघि भागेर भारत गए। कोरोनाका कारण जेठ १० गते फर्केर आएपछि क्वारेन्टिनमा बसे । त्यसपछि पिसिआर रिपोर्ट नेगेटिभ आएकै दिन क्वारेन्टिन नजिकै परिवारको सहमतीमा विवाह सम्पन्न गरे ।









