होम क्वारेन्टिनमा बसेको एक जनाको मृत्यु


गुल्मी । होम क्वारेन्टिनमा बसेका एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको छत्रकोट गाउँपालिका ५ मैनडाँडाका ६९ वर्षीय पुरुष रहेका छन् ।

जेठ २५ गते भारतबाट आएर होम क्वारेन्टिनमा बस्दै आएका उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्यारालाइसिसको बिरामी रहेका उनलाई घरमै छोरी ज्वाइले हेरचाह गर्ने गरी क्वारेन्टिनमा राखिएको थियो । उनको बिहीबार आरडीटी टेस्ट गर्दा एन्टिबडी पोजेटिभ देखिएको थियो ।

पीसीआरका लागि स्वाब संकलन गरी पठाइएको छ । रिर्पोट आउन बाँकी छ । तर उनलाई भारतबाट नेपाल ल्याएका व्यक्तिको भने रिपोर्ट नेगेटिभ आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार