पाल्पामा भेटिए एकैदिन १२१ नयाँ संक्रमित

पाल्पा । पाल्पामा एकैदिन १ सय २१ नयाँ कोरोना संक्रमित भेटिएका छन् । जिल्लाको निस्दी गाउँपालिकामा ९३, पूर्वखोला गाउँपालिकामा १८, रम्भा गाउँपालिकामा ६, तानसेन नगरपालिकामा ३ र तिनाउ गाउँपालिकामा एक गरी १ सय २१ जना नयाँ संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य कार्यालयका अनुसार निस्दीका ९३ जना भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा भेटिएका हुन भने अरु सबै प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पाल्लामा योसँगै कोरोना संक्रमितको संख्या ३ सय ६६ पुगेको छ । ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार