दुर्घटनामा परी बुटवलमा दुई जनाको मृत्यु


बुटवल । सवारी दुर्घटनामा परी बुटवलमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल ११ कालिकानगरका २१ वर्षीय सुशील कँवार र सियारी गाउँपालिका ६ अमुवाका २२ वर्षीय रोशन गुरुङ रहेका छन् ।

गएराति पूर्व–पश्चिम राजमार्ग अन्तरगत रामनगरमा रोकिराखेको ना ६ ख ६२४ नम्बरको ट्रकमा बा १४ च ६८७९ नम्बरको पिकअप भ्यान ठोक्किँदा दुर्घटना भएको हो ।

पिकअप भ्यानका चालक बुटवलका २५ वर्षीय गोपाल दंगाल भने सामान्य घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार