नेकपा स्थायी समितिको बैठक भोलीसम्मका लागि स्थगित


काठमाडौं । बुधबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक स्थगित भएको छ । बैठकमा पाँच जना नेताहरुले आफ्नो धारणा राखेपछि भोलीसम्मका लागि स्थगित भएको हो ।

प्रतिनिधिसभा बैठकमा बुधबार निधन भएकी सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक व्यक्त गर्न जानुपर्ने भन्दै बैठक स्थगित गरिएको बताइएको छ ।

अर्को बैठक भोली ११ बजे बस्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार