थप ११८ जनामा कोरोना पुष्टि, संक्रमित १६,६४९ संख्या पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ११८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयद्धारा शुक्रबार दिइएको नियमित अपडेटअनुसार हालसम्म नेपालमा संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना निको भएर १२० जना अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । नेपालमा कोरोना निको भएर हालसम्म ८ हजार ११ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार