
काठमाडौं । मिर्गौला बेचविखनको आरोपमा पक्राउ परेका १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । डाक्टर देखि, जनप्रतिनिसहित १२ जनालाई आइतबार प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोको टोलीले अवैध रूपमा मिर्गौला प्रत्यारोपण आरोपमा आइतबार नौ जना ललितपुरबाट र शनिबार तीन जना डाक्टरलाई चितवनबाट पक्राउ गरेको थियो ।
उनीहरुविरुद्ध जिल्ला अदालत ललितपुरबाट पक्राउ पूर्जी जारी भएको थियो। पक्राउ परेकाहरूमा २ जना महिला र एक वडा अध्यक्ष हुन्।









