पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ८३ पुग्यो


काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणपछि देशका विभिन्न अस्पतालमा उपचाररत उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा धनुषाका ६० र ५० वर्षीया पुरुष । काभ्रेकी ५० वर्षीया महिला र सिन्धुपाल्चोकका ८४ वर्षीया पुरूष रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार