
कास्की । कास्कीमा ऋषि पञ्चमिको दिन दत्तिवनले दात माझ्न र नुहाउन खोलामा गएकी एक गर्भवती महिलाको बगेर मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको माछापुच्छ्रे ९ भिमजुङकी २४ वर्षीया पार्वती गौतम रहेकी छन् ।
उनी आज बिहानै नजिकैको कस्र्युङ खोलामा नुहाउन गएकी थिइन्। ऋषि पञ्चमीको अवसरमा उनीसँगै अरु महिलाहरु पनि नुहाउन गएका थिए ।
सँगै गएका साथीहरुले बगेकाे थाहा पाए पनि उद्धार गर्न नसकेपछि उनको मृत्यु भएको बताइएको छ । उनी ६ महिनाकी गर्भवती रहेको परिवारले जनाएका छन् ।











