
स्याङजा । एम्बुलेन्स दुर्घटना हुँदा स्याङजामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा चापाकोट ९ का ३५ वर्षीय भानुभक्त गैरे र २२ वर्षीय श्याम पँगेनी रहेका छन् ।
त्यस्तै सोही ठाउँका ३१ वर्षीया पवित्रा गैरे र २५ वर्षीय एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि पोखरा पठाइएको छ ।
आइतबार बिहान चापाकोटबाट विरामी लिएर काठमाडौं आउदै गरेको बा २ झ ४०११ नम्बरको एम्बुलेन्स वालिङ नगरपालिका ५ माझकोट भन्ने स्थानमा दुर्घटना भएको हो ।












