सरकारले पीसीआर परीक्षणको शुल्क घटायो


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण रहे नरहेको पत्ता लगाउन गरिने पीसीआरको शुल्क घटाएको छ । आइतबार स्वास्थ्य मन्त्रालयद्धारा गरिएको नियमित कोरोना अपडेटअनुसार पीसीआर जाँचको शुल्क घटाएर अधिकतम ४ हजार ४ सय रुपैयाँ कायम गरिएको हो ।

मन्त्रालयमा बिहान स्वास्थ्य मन्त्री भानुभक्त ढकालको उपस्थितिमा बसेको इन्सिडेन्ट कमाण्ड सेन्टरका पदाधिकारीसहित कोभिड–१९ रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको बैठकले यस्तो निर्णय गरेको थियो ।

उक्त निर्णयअनुसार अबदेखि कुनै पनि संस्थाले पीसीआरको सेवा शुल्कसहित ४ हजार ४ सय रुपैयाँ मात्रै लिन पाउने मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले बताए ।

यसअघि मन्त्रालयले अनुमति प्राप्त गरेका प्रयोगशालाहरुले पीसीआर गर्दा अधिकतम ५ हजार ५ सय रुपैयाँ लिन पाउने र अनुमति नपाएका अस्पतालहरुले स्वाब संकलन गर्दा १० प्रतिशत थप सेवा शुल्क लिन पाउने व्यवस्था गरेको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार