
काठमाडौं । शुक्रबार काठमाडौं उपत्यकामा थप ५६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये बिहीबार ललितपुरको पुल्चोकको रथ यात्रामा भएको झडप नियन्त्रणमा खटिएका १८ जना प्रहरी रहेका छन् ।
पुल्चोकको भिड नियन्त्रण गर्न खटिएका ललितपुर प्रहरी परिसर र सातदोबाटोका १८ जनामा संक्रमण पुष्टि भएको बताइएको छ । स्वाब दिइसकेपछि आइसोलन बस्न सरकारले भने पनि ती प्रहरी भने भिड नियन्त्रणमा खटिएका थिए ।
बिहीबा स्थानियले जवरजस्ती निषेधाज्ञाको उल्लंघन गर्दै रथ तान्न खोज्दा प्रहरीले रोक्न खोजेपछि झडप भएको थियो ।
शुक्रबार उनीहरुसँगै ललितपुर ट्राफिक प्रहरी कार्यालयका १५ जना, महानगरीय प्रहरी परिसर, काठमाडौंका १५ प्रहरी र महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका ८ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो समय काठमाडौं उपत्यकामा प्रहरीमा कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेको छ ।










