
काठमाडौं । किसान पार्टीका सांसद प्रेम सुवाललाई पनि कोरोना संक्रमण भएको छ । संक्रमणपछि उनी आफ्नै घरमा आइसोलेशनमा बसेका छन् । शनिवार कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा बसेका हुन् । संक्रमण भएपनि आफुलाई कुनै लक्षण नदेखिएको सांसद सुवालले बताए ।
नजिकको साथीलाई कोरोना संक्रमण पुष्टि भएपछि उनले गत भदौ १५ गते भक्तपुरको जनस्वास्थ्य केन्द्रमा पिसिआर परिक्षणका लागि स्वाव दिएका थिए । स्वाव संकलनपछि उनी आफ्नै घरको छुट्टै कोठामा बस्दै आएका थिए ।










