
काठमाडौं । काठमाडौंमा रहेको वीर अस्पताललाई सरकारले कोभिड अस्पतालको अनुमति दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पताललाई कोभिड अस्पतालको अनुमति दिएको हो ।
अहिले वीर अस्पतालबाट दिदै आएका सेवाहरु राष्ट्रिय ट्रमा सेन्टरको एउटा तलाबाट दिने निर्णय समेत भएको छ । अब वीर अस्पतालबाट पनि कोरोना संक्रमितको उपचार गरिने मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् ।










