पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६७४ जनामा कोरोना संक्रमण ५ आश्विन २०७७, सोमबार १६:५४ काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६७४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । काठमाडौं जिल्लामा ५३८ भक्तपुरमा ७४ र ललितपुरमा ६२ जनामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।