उपप्रधानमन्त्री राजेन्द्र महतोको पुत्ला दहन,प्रहरीको हस्तक्षेप

काठमाडौं । उपप्रधानमन्त्री राजेन्द्र महतोको पुत्ला दहन गरिएको छ ।

शनिवार साँझ काठमाडौंको नयां वानेश्वरमा नेकपा एमालेको नेपाल पक्षका विद्यार्थी नेता तथा कार्यकर्ताहरुले विखण्डनकारी अभिब्यक्ति दिएको भन्दै उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री राजेन्द्र महतोको पुत्ला दहन गरेको हो ।

महतोले मन्त्री भए लगत्तै नेपाल एकल राज्य नभएर बहुल राष्ट्रिय राज्य हुनुपर्ने अभिब्यक्ति दिएका थिए । उनले आजै मात्र उक्त अभिब्यक्ति दोहोर्याएका छन् । जुन अभिब्यक्ति संविधान विपरित र राष्ट्रघाती रहेको भन्दै चौतर्फी विरोध भइरहेको छ ।

महतोको पुत्ला दहन कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्दा सामान्य झडप समेत भएको अनेरास्ववियुकी महासचिव आरती लामाले बतायन् ।

पुत्ला दहन गर्ने अनेरास्ववियुका अध्यक्ष सुदीप पराजुली महासचिव आरती लामा, केन्द्रीय सदस्य तपेन्द्रजंग शाही, अशोक थापा, मेघनाथ चपागाई,अमर पुन, हर्क बम, महेश श्रेष्ठ, लक्ष्मी क्षेत्री लगायत ११ जनालाई प्रहरीले नियन्त्रणमा लिई छोडिएको लामाले जानकारी दिइन् ।

यो पनि पढ्नुहोस 

राजेन्द्र महतोको अभिब्यक्तिबारे प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने एमालेका १५ स्थायी कमिटि सदस्यको माग

राजेन्द्र महतोको हुँकार: ‘एकल राज्य स्वीकार्य छैन,बहुल राज्य चाहिन्छ’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार