
काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारको उपप्रधानमन्त्री भए लगत्तै मधेसी नेता राजेन्द्र महतो विवादमा तानिएका छन् । उनले
उपप्रधान तथा शहरी विकासमन्त्रीमा पदभार ग्रहण लगत्तै नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउनुपर्ने बताएपछि विवादमा तानिएका हुन् ।
उनको अभिब्यक्तीलाई लिएर अहिले सवत्र विरोध भइरहेको छ । उनलाई सरकारको महत्वपुर्ण मन्त्रालय दिने प्रधानमन्त्री ओलीकै पार्टीका नेता कार्यकर्ताहरु महतोको विरोधमा उत्रिएका छन् ।
शनिबार दिउँसो आफूसहितका मन्त्रीहरुको स्वागतमा जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर समुहले आयोजना गरेको कार्यक्रममा पनि महतोले नेपाल बहुल राज्य बनाउनु पर्ने कुरा दोहोर्याएका छन् ।
“नेपाल विभिन्न जातीय, वर्ग समुदायको विविधताले भरिएको देश हो । बहुलता भनेको त्यही हो, त्यसैले नेपाल बहुल राष्ट्रिय राज्य हुनुपर्छ । त्यहीअनुसार नियम, कानून, संविधान र सहभागिता हुनुपर्यो”, महतोले बताए ।
आफ्नो अभिब्यक्ती विवादमा नातिएपछि उनले विवाद गर्नुको कुनै अर्थ नभएको समेत दावी गरे ।
उपप्रधानमन्त्री महतोले संविधान नै अपूर्ण रहेकाले संघीयता आए पनि पुर्ण समावेशिता हुन नसकेको बताए ।








