
मोरङ । मोरङको लेटाङमा बलात्कार घटनालाई लिएर भएको झडपमा एक महिला प्रहरीको ज्यान गएपछि एसएसपीको नेतृत्वमा छाननि समिति गठन भएको छ ।
आइतबार भएको उक्त घटनाबारे छानविन गर्न प्रदेश १ प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र प्रसाद चौधरीको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन गरिएको प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुण बिसीले बताए ।
डिआइजी अरुण बिसीकाअनुसार गठित समितिले घटनाको सुष्म अनुसंन्धानगरी दोषी पत्ता लगाउने छ ।
होली खेल्ने क्रममा गत शुक्रबार लेटाङ–५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेलले आफ्नै १४ बर्षिय बिधार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि घटना तातेको थियो ।
उक्त बालिकाले आफुमाथि यौन दुर्व्यवहार भएको कुरा बिधालय र साथीहरुलाई भनेपछि घटना बाहिर आएको थियो ।
घटनाबारे थापा पाएपछि बिधालयमा पुगेको प्हरी टोलीले आरोपीत शिक्षकलाई बचाउन खोजेको स्थानियको आशंकापछि प्रहरीसंग झडप भएको थियो ।
स्थानिय र प्रहरीबीचको झडपमा २५ जना प्रहरी घाइते भएका थिए भने ७ जनासम्म सर्वसाधारण घाइते भएका थिए । सो घटनामा परी प्रहरी जवान उर्मिला श्रेष्ठमाथि छुरा प्रहरी भइ उनको मृत्यु भएको थियो ।
भिडियो पनि हेरौं










